बैतडीका शिक्षक धनबहादुर विष्टको हत्या भएको पुष्टि

दार्चुला- बैतडीका शिक्षक धनबहादुर विष्टको हत्या भएको पुष्टि भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–२ घर भई कृष्ण मावि पाटनमा कार्यरत शिक्षक विष्टको हत्या भएको खुलेको प्रहरी स्रोतले बताएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानको दायरा साँघुरो भएको बताएको छ। तर प्रहरीले हत्यामा संलग्नहरुको नाम भने सार्वजनिक गरेको छैन्। विद्यालयको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत अवस्थामा फेला परेका विष्टको हत्या भएको स्थानीयले बताउदै आएका छन्। मंगलबारदेखि सीआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। अहिलेसम्म ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान जारी छ। जिल्लाको पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ। बुधबार शिक्षक धनबहादुर विष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी गरिएको हो।

health
Leave A Reply

Your email address will not be published.