लागुऔषध खाएर गाडी चलाउने ७ जना पक्राउ

दार्चुला- ट्राफिक प्रहरीले काठमाण्डौमा लागुऔषध खाएर गाडी चलाउने सात जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातिको संयुक्त टोलीले हिजो गरेको जाँचमा ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँच जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सीका चालक रहेका छन् ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाति पठाइएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । चालकले लागुऔषध खाएर गाडी चलाएरनचलाएको बारेमा गएको साउन ९ गतेदेखि ट्राफिक प्रहरीले विशेष जाँच अभियान सुरु गरेको थियो ।

Leave A Reply

Your email address will not be published.