सांसद चौधरीको पहलपछि पश्चिम नवलपरासीको हुलाकी सडक निमार्ण योजनाको कामले गति लियो

दार्चुला-तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको पश्चिम नवलपरासीमा सञ्चालीत दुई ठुला निमार्ण योजनाको कामले गति लिएको छ । विभिन्न सडकको निर्माण कार्यले लामो समयदेखि गति लिन नसकेको अबस्थामा यस क्षेत्रका नवनिर्वाचित सांसद विनोद चौधरीले गरेको पहल पश्चात ठेकेदार कम्पनी तथा सरकारी निकायहरूले कामलाई तिब्रता दिएका हुन् ।

जसअनुसार नारायणचोक देखी त्रिवेणी जोड्ने रानीनगरसम्मको सडक करिव १५ मिलोमिटर सडक साथै बेलाटारीदेखी कठहवासम्मको करिव ९ किलोमिटर सडक उन्नतीका कामलाई पछिल्लो पटक तिब्रता दिईएको छ ।
सांसद चौधरीले आयोजना बारे चासो व्यक्त गरेर सडक बिभागका महानिर्देशक हुलाकी सडक आयोजनाका प्रमुख र हुलाकी सडक कपिलवस्तु — नवलपरासी सडक खण्डका आयोजना प्रमुख र तथा निमार्ण कम्पनी संग कुरा गरेर कामलाई तत्काल गति बढाउन निर्देशन दिएपछि दुवै निमार्ण योजनाको कामले द्रुत गति लिएको हो ।

लामो समयसम्म काम रोकिएर अलपत्र परेको योजना सांसद चौधरीको पहलपछि दुवै आयोजनाको कामले तिब्रता लिएपछि स्थानीयमा खुसीयाली छाएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवले बताए ।
नारायणचोक देखी त्रिबेणी जोड्ने रानीनगरसम्मको करिव १५ किलोमिटर सडक स्तरउन्नतीको काममा करिव ४७ वटा कल्भड बन्नेछन् भने सडक मध्ये नाला भएको क्षेत्रमा १२ मिटर र नाला नभएको क्षेत्रमा ७ मिटर कालोपत्रे हुनेछ । हाल करिव ४० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमार्ण कम्पनी ब्रज गुरु र महालक्ष्मी जेवीले कुल ५७ करोडको लागतमा उक्त सडकको स्तरउन्नती गर्न निमार्ण गर्ने जिम्मा पाएको थियो ।

यसैगरी बेलाटारी देखी कठहवा सडक खण्डको करिव ९ किलोमिटर सडक स्तरन्नतीको काममा करिव ८ वटा कल्भड बन्नेछन् । हाल करिव ५० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमार्ण कम्पनी कन्टेक प्रा।लीले कुल २७ करोडको लागतमा उक्त सडक निमार्ण गर्ने जिम्मा पाएको थियो । प्रतापपुर २ गोपीगञ्जका करिव ५५ बर्षिय भजन प्रसाद चौधरीका अनुसार तीन बर्ष देखी बन्न सुरु गरेपनि खासै काम हुन सकेको थिएन् । हाम्रो नवनिर्वार्चित सांसद चौधरीले तत्काल पहल गरेपछि सडक निमार्णको काम धमाधम हुन थालेपछि स्थानियहरु दंगपरेका छन् । दुवै योजनाहरुलाई

Leave A Reply

Your email address will not be published.