कैलालीमा सरकारी गाडीको दुरुपयोग, भन्सारका हाकिम नै तस्करीमा

दार्चुला- शनिबार भारतको सीमावर्ती बजार सुडाबाट धनगढी–१२ जुगेडामा सामान तस्करी भइरहेको थियो। दिउँसो सरकारी सेतो नम्बरको मोटरसाइकलमा प्लाष्टिकका कुर्सीले छोपेर सामान ल्याउन लागेको भिडियोमा देख्न सकिन्छ। सुडाबाट प्रदेश नम्बर ३ ०२ ००१ ब ०५१३ नम्बरको मोटरसाइकलमा तस्करी भइरहेको थियो। सुडामा रहेको आफन्तको घरबाट फर्किन लागेका कञ्चनपुर घर भएका दुई युवाले उक्त भिडियो कैद गरेका थिए। जुगेडा क्षेत्रमा भारतबाट दिनहुँ तस्करी हुने गरेको स्थानीयले बताएका छन्। तस्करीको सामान ल्याउन तस्करहरूले जुगेडा बङ्रगाकटान र फूलवारी क्षेत्रका बाटाहरू प्रयोग गर्ने गरेका छन्। कैलालीमा अवैध तरिकाले सामान ल्याउन सरकारी गाडी नै प्रयोग हुन थालेको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको मिलोमतोमा तस्करी मौलाएको एक स्थानीयको दाबी छ। ‘सीमा क्षेत्रमा सशस्त्र प्रहरी छ, नेपाल प्रहरी पनि छ तर तस्करहरूले निर्वाध सामान ल्याउने गरेका छन्। प्रशासन के हेरेर बसेको छ त्यो बुझ्न सकिएको छैन।’ नाम नबताउने सर्तमा ती स्थानीयले भने।

 

 

Leave A Reply

Your email address will not be published.