दार्चुला । नेपाली कांग्रेस शैल्यशिखर नगर पालिकाको असोज ९ गते हुने १४ ओैं नगर माहादिवेशनमा लक्ष्मण सिंह डागाले पनि नगर सभापतीको लागी उम्मेद्धारी घोषणा गर्नुभएको छ।
आगामी माहाधिवेसनमा शैल्यशिखर नगरपालिकाको नगर सभापतीको लागी डागाले आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको हो । उहाँले साभापतिको लागि उमेदवार भएकोले सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ।
उहाँले भन्नुभयो ‘मैले साभापति भएको खंडमा शैल्यशिखर नगरपालिकामा म पाटिलाइ सफल कृयासिल स्वछ ढंगले अगाडि बढाउने छु। मेरो लामो राजनितिक जिबनमा सिकेको अनुभबको आधारमा पाटि कसरिचालाउनु पर्छ, भनेर सिकेकोले आगामि दिनहरुमा शैल्यशिखर नगरपालिका लाई एक नमुना नगरको हैसियतमा उठाउने कोसिस गर्नेछु’ ।
देश र पार्टीलाई विकास र गतिशिल बनाउन युवा नेतृत्वको खाचो रहेको भन्दै उहाँले आगामी कांग्रेस माहाधिवेशनमा युवाहरुलाई मौका दिनुपर्ने उहाँले धारणा राख्नुभयो ।
शैल्यशिखर नगरपालिकामा डागा संगै काग्रेस नगर सभापतीको लागी मोहन साउँद, धर्म खडायत, अकोश धामी लगायतले पनि उम्मेद्धारी घोषणा गर्नुभएको छ ।