सुदूरपश्चिम प्रदेशमा हुने नेकपा एमालेको प्रथम अधिवेशनको तयारी तीव्र

धनगडी। सुदूरपश्चिम प्रदेशमा हुने नेकपा एमालेको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीको असोज तेस्रो साता हुने प्रथम अधिवेशनका लागि सोमबार सबै जिल्लामा प्रतिनिधि छनौट हुने भएका छन्। एमाले प्रदेश कमिटीको निर्णय अनुसार असोज २१ र २२ गते हुने अधिवेशनका लागि सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट एक साथ प्रतिनिधि छनौट हुन लागेका छन्।

सुदूरपश्चिममा एमालेका ५३ हजार बढी संगठित सदस्य छन्। ती सदस्यले चुन्ने ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्ने भएका छन्। लुम्बिनीबाट सुरु एमालेको प्रदेश अधिवेशन बाग्तीमा सम्पन्न भइसकेको छ। नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले यसअघि सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका थिए।
एमालेको सुदूरपश्चिम प्रदेश नेतृत्वका लागि कञ्चनपुरका बहादुर सिंहदेखि अछामका कृष्ण जैसी, बाजुराका लालबहादुर थापा, कैलालीका झपटबहादुर रावलसम्म आकाँक्षी देखिएका छन्। उनीहरुमध्ये कञ्चनपुरका सिहं र अछामका जैसीबीच अन्तिममा प्रतिस्पर्धा हुने एमाले नेताहरु बताउँछन्। सुदूरपश्चिम एमालेमा लेखराज भट्ट, दामोदर भण्डारी, कर्ण थापा र भीम रावलका तीन समूह छन्। ती समूहमध्ये जैसीलाई थापाले अघि सारेका छन्।

कञ्चनपुरका सिंह र बाजुराका थापा भट्ट भण्डारी समूह तथा रावल भीम रावल समूहका हुन्। बाजुराका थापा केन्द्रीय सदस्य भएकाले उनी उम्मेदवार हुने÷नहुने अझै निश्चित भइसकेको छैन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठक उम्मेदवार बन्न पाउने छैनन्। भण्डारी प्रतिनिधि सभा र पाठक प्रदेश सभा सदस्य हुन्।
दिनेश खबर बाट साभारः

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.