कांग्रेसबाट दिलेन्द्रप्रसाद बडू कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्दै

दार्चुला । कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम र मन्त्रालय टुंगो लागेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले थप मन्त्रीहरूको टुंगो लगाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले पाएकामध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, दिलेन्द्रप्रसाद बडूलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाउने टुंगो लागेको छ ।

कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेका छन् । कानुनमन्त्री रहेको कार्कीलाई देउवाले सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

त्यस्तै बिहीबार नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा थपिन लागेका मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ । माओवादीले देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

Leave A Reply

Your email address will not be published.