काठमाडौंमा सुदूरपश्चिमका प्रहरी जवान मृत फेला

काठमाडौं–काठमाडौंमा एक प्रहरी जवान मृत फेला परेका छन्। आज (बिहीबार) काठमाडौंमा प्रहरी जवान प्रकाशचन्द्र जोशी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

स्रोतका अनुसार उनी काठमाडौंमै कार्यरत थिए। यता, प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले भने मृत्युको ठ्याक्कै कारण नखुलेको र आन्तरिक पारिवारिक कुरा भएकाले खुलाउन नमिल्ने जानकारी दिए।

मृतक जवानको स्थायी घर सुदूरपश्चिमको बझाङ भएको बुझिएको छ। अन्दाजी २९ वर्षीय जवान जोशीले केही समय अगाडी दोस्रो विवाहसमेत गरेको बताइएको छ। बहुविवाहकै कारण उनी समस्यामा परेको स्रोतको बुझाई छ। तर यसमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.