आज दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरिँदै

दार्चुला । आज दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ ।कोरोना जोखिमकै बीच पनि देशका विभिन्न शक्तिपीठमा आज चन्द्रघण्टादेवीको पूजा भइरहेको छ ।

गएको वर्ष सुनसान भएका देवी दुर्गाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण चन्द्रघण्टा भनिएको मानिन्छ ।

चन्द्रघण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूत प्रेत शक्तिबाट उन्मुक्ति पाउँछन् भन्ने विभिन्न शास्त्रमा उल्लेख छ । नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री र हिजो दोस्रो दिन ब्रहृमचारिणी देवीको पूजा गरिएको छ ।

चौथो दिन भोलि कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.