दार्चुलाकी सुत्केरी महिलाको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । कञ्चनपुरको महाकाली अस्पतालमा शनिबार बेदकोट नगरपालिका वडा नम्बर ९ की २४ वर्षीय भागरथी धामीको मृत्यु भएको हो। बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उहाँको मृत्य भएको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार अक्सिजनको मात्रा कम भएपछि शनिबार बिहान सुत्केरीको मृत्यु भएको हो। बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको डा। श्रेष्ठले बताउनुभयो । मृतकका आफन्तले महाकाली अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन्। बच्चाको हेरचाह र घटनाको छानविन गर्न धामीका श्रीमान जितेन्द्र धामीले आग्रह गर्नुभएको छ । अहिले पीडित पक्ष र महाकाली अस्पताल प्रशासनबीच छलफल भइरहेको छ। महाकाली अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

Leave A Reply

Your email address will not be published.