बैतडीको तिर खडेनी स्थीत भारतीय पुरुषको शव फेला

दार्चुला-बैतडीमा एक जना भारतीय पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलिका ४१ बर्षिय सञ्जय ज्याला रहेकाछन् । ज्याला हिजो भारतको हंसेस्वरमा कार दुर्घटना हुदाँ बेपत्ता भएको बताइएको छ ।
उनको शव आज बिहान बैतडीको दशरथचन्द नगरपालिका १० तिर खडेनी स्थीत महाकालि नदि किनारमा भेटिएको हो । मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । शवको शनाखत गरी भारतपठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
भारतीय सुरक्षाकर्मी संग समन्वय गरि मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक दर्शन खड्काले बताए । शवको पोष्टमार्टम समेत भारतमै गरिने उनले बताए ।

Leave A Reply

Your email address will not be published.