छोड्नुहोस् यी बानी, जसले तपाईंलाई सधैँ अगाडि बढ्नबाट रोकिरहेको हुन्छ

दार्चुला  – संसारका हरेक व्यक्तिसंग दिनमा २४ घण्टा हुन्छ। तर कोही समय नभएको गुनासो गर्दै अल्झिरहेका हुन्छन् भने कोही समयको रफ्तारसंगै अगाडी बढिरहेका हुन्छन्।
बाहना बनाउनेहरु गुनासो गर्नमा व्यस्त हुन्छन् भने अवसरलाई हेर्नेहरु आफ्नो सपनाको सिंढी चढ्नमा व्यस्त हुन्छन्।
छोड्नुहोस् यी बाहना जसले तपाईंलाई अगाडी बढ्नबाट रोकिरहेका छन्ः

मसंग पर्याप्त समय छैन

आफ्नो कामको लागि समय नहुनु भनेको केवल बाहना हो । जीवनका आफ्ना प्राथमिकताहरु छुट्टाउनुहोस् । अरुलाई खुशी पार्नको लागि आफ्नो प्राथमिकतालाई नजरअन्दाज नगर्नुहोस् । भोलीको लागि आज राती नै समय तालिका बनाउनुहोस् ।

मसंग स्रोत छैन

धेरैको भनाइ हुने गर्छ, म यस्तो गर्न चाहन्छु, तर मसंग पैसा छैन, स्रोत छैन । यदि आफूले खोजेजस्तै पैसा र स्रोत नमिल्दासम्म काम गर्नुहुन्न भने तपाईंको सपना सधै सपना नै रहन्छ।

आफूसंग तत्काल भएको स्रोतको सक्दो उपयोग गर्नुहोस् । जहाँ हुनुहुन्छ, जति सक्नुहुन्छ आफूले चाहेको कामको सुरुवात गर्नुहोस् । त्यसपछि तपाईंको बाटो बन्दैजान्छ, स्रोतहरु फेला पर्दै जान्छन् ।

मलाई सहयोग गर्ने मान्छे छैनन्

तपाईंको सपना तपाईंले देख्नुभएको सपना हो र त्यसको लागि तपाईं एक्लै उभिने साहस गर्न सक्नुपर्छ । अर्को कुरा, जिन्दगी भनेको यात्रा हो, मानिसहरु आउँछन्, जान्छन्।

सिंगो यात्रा त तपाईं एक्लैको साहसले गर्नुपर्छ । र सत्य यो हो कि, जसलाई सहयोग गर्ने वरिपरि हुँदैनन् , त्यो व्यक्ति आत्मनिर्भर बन्छ र जीवनको जस्तोसुकै मोडमा अगाडी बढीरहन सक्ने हिम्मत राख्छ ।

त्यस्तो नभएको भए मैले राम्रो गर्थें

यो वाक्य धेरैजनाको मुखबाट सुन्ने गरिन्छ । बाहना बनाउनेहरु यो वाक्यलाई आफ्नो मस्तिष्क र जिब्रोमा राखेर हिंड्छन्, निराश हुन्छन् । र जो दृढ संकल्पका साथ लागेका हुन्छन्, उनीहरुले त्यसलाई आफ्नो पाठ बनाउँछन्, आफूमा निखारता ल्याउनको लागि अवसर बनाउँछन् ।

काम सजिलो भएको भए हुने थियो

उद्धमी, लेखक तथा प्रेरक वक्ताको रुपमा प्रसिद्ध जिम रोनले भनेका छन्, काम सजिलो भएको भए हुनेथियो नभन । मैले अझ जानेको भए हुनेथियो नी।

आफूलाई सजिलो लाग्ने काम मात्र गर्यो भने व्यक्तिले कहिल्यै पनि प्रगति गर्दैन । प्रगति गर्नको लागि व्यक्तिले आफूले आफूलाई चुनौती दिनुपर्छ।

Leave A Reply

Your email address will not be published.