दार्चुला – दार्चुलामा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा लगाइने भएको छ ।
गत असोज १० देखि १४ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाइ आज देखि दोस्रो माञा लगाइने सुपर भाइजर विरेन्द्र राज भट्टले जानकारी दिउनुभयो । यसका लागि बुधबार सम्म जिल्लाका नौवटै स्थानीय तहमा भेरोसेल खोप समेत पठाइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लामा रहेका ९२ ओटा खोप केन्द्रबाट खोप दिइने बताइएको छ । दार्चुलामा ३७ हजार ९ सय ९९ नागरिकले पूर्ण खोप पाएका छन् । खोपको पहिलो मात्रा ७१ हजार ४९ जनाले पाएका छन् भने जिल्लामा ३१ हजार ३ सय डोज खोप अझै मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको पहिलो मात्रा लगाएकाहरुलाई नजिकको खोप केन्द्रमा खोप कार्डसहित आउन आग्रह गरिएको छ । हाल सम्म दार्चुलामा १८ वर्षमाथिका २९ हजार ९ सय ४५ जनाले कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्रा लगाएको जनाएको छ । पहिलो मात्रा लगाएका नागरिकहरुलाई आजदेखि कार्तिक १५ गतेसम्म खोपको दोस्रो मात्रा दिइन लागेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वाथ्य अधिकृत जयराज भट्टले जानकारी दिनु भएको छ ।
खोप स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाको सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा ४८ सय ५० डोज खोप पठाइएको छ भने सबै भन्दा कम व्यासँ गाउँपालिकामा १५ सय डोज खोप पठाइएको छ । यस्तै जिल्लाको महाकाली नगरपालिकामा ४८ सय मालिकार्जुनमा ४३ सय दुहुँ गाउँपालिकामा २३ सय ६० डोज लेकम गाउँपालिकामा २२ सय ५० डोज नौगाड गाउँपालिकामा ३३ सय डोज खोप अपि हिमाल गाउँपालिकामा १९ सय तथा मार्मा गाउँपालिकामा ३८ सय डोज खोप पठाइएको खोप सुपर भाइजर भट्टले बताउनुभयो ।
तत्काल दार्चुला जिल्ला कोरोना मुतm भएको पनि स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।दार्चुला जिल्लामा हाल सम्म २१ सय ५ जनालाई स्टा«जेनिका खोप लगाउन बाकी रहेको पाइएको छ । १८ वर्षमाथिका जम्मा जनसंख्याको ७४ दशमलब १६ प्रतिशत जनसंख्याले पहिलो डोज खोप लगाएको अधिकृत जयराज भट्टले जानकारी दिनु भएको छ । यस्तै खोप केन्द्रमा खोप लगाउन आउदा स्वास्थ्यका मापदण्ड अपनाउन पनि आग्रह गरिएको छ ।