तिब्बतबाट तिहारका लागि रसुवागढी नाकासम्म भेडाच्याङ्ग्रा आईपुगे

दार्चुला –  तिब्बतबाट तिहारका लागि रसुवागढी नाकासम्म भेडाच्याङ्ग्रा आईपुगेका छन ।
मानिसको आवतजावत रोकेका कारण चिनियाँ व्यापारीलेनै नाकासम्म भेडाच्याङ्ग्रा ल्याइदिएका हुन् ।
यस पटक ५० वटा भेडाच्याङ्ग्रा आयात भएको पशु क्वरेण्टीन कार्यालय रसुवाले जनाएको छ । यसअघि दशैँमा पनि व्यापारीले नाकासम्म नै भेडाच्याङ्ग्रा ल्याइदिएका थिए । तिहारका लागि आएका भेडाच्याङ्ग्राको भाउ पनि महँगो परेको छ ।

उतै महँगो परेकाले यसपटक मूल्य बढेको कार्यालय प्रमुख डाक्टर विकास धौवन्जारले बताउनुभयो । ‘व्यापारीले खरिद गर्दा नै प्रति भेडाच्याङ्ग्रा २६ हजार परेको बताएका छन्’, उहाँले भन्नुभयो, ‘यता बिक्री गर्दा महँगो पर्न जान्छ।’ अहिले आएका भेडाच्याङ्ग्रा सानो भएको र सबैको एउटै रेट हुँदा बिक्रीमा समस्या आउने व्यापारीले गुनासो गरेका उहाँको भनाइ छ ।

 

Leave A Reply

Your email address will not be published.