रविलाई भिटामिन डीको कमी, परामर्श दिन चिकित्सक नख्खु कारागार जाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने शरीरमा भिटामिन डीको कमी भएको पाइएको छ ।

सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि रगत जाँच गर्नका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । रगतको नमुना लिनका लागि ट्रमा सेन्टरबाट डा. जितेन्द्र यादव लगायतका स्वास्थ्यकर्मी गएका थिए ।

अस्पताल स्रोतका अनुसार रगतमा रिर्पोटमा भिटामिन डी मात्रा कम देखिएको छ । ‘उहाँमा अन्य केही यस्तो समस्या छैन । भिटामिन डीको कमी भएको देखियो’ स्रोतले भनेको छ , ‘ खानपान नमिल्दा र घाममा नबसेका कारण भिटामिन कमी भएको हुनसक्छ ।’

आज उक्त रिर्पोट सहित रविलाई स्वास्थ्य परामर्श दिन चिकित्सक नख्खु कारागारमै जान लागेका छन् । चिकित्सकहरूका अनुसार, भिटामिन ‘डी’ को कमीले हड्डीको समस्या निम्त्याउँछ । भिटामिन ‘डी’को कमीले रोगसँग लड्ने क्षमता पनि कम गरिदिन्छ । यसको कमीले हातखुट्टा झम्झमाउने, थकाइ लाग्ने र कपाल झर्ने जस्ता समस्या देखिन सक्छन् ।

लामिछानेलाई तीन दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो । उक्त दिन उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।

Leave A Reply

Your email address will not be published.