गोकुलेश्वर बजारमा मानसिक सन्तुलन गुमाएकी महिलालाई धनगढी लगियो

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारमा मानसिक सन्तुलन गुमाएकी महिलालाई उद्धार गरिएको छ । गोकुलेश्वरका स्थानीय ब्यापारी  र इलाका प्रहरी कार्यालयको समन्वयमा मानसिक सन्तुलन गुमाएकी महिलालाई उद्धार गरिएको हो ।

३ महिना पहिले देखी गोकुलेश्वर बजार क्षेत्रमा घुमिरहेकी महिलाले बजार क्षेत्रमा आवत जावत गर्ने मानिसहरूलाई ढुंगा हान्ने गालीगलौज गर्ने जस्ता अस्वाभाविक गतिविधि गर्न थालेपछि उद्धार गरिएको त्यहाँका ब्यापरी  हरुले बताएका छन।

मानसिक अवस्था ठिक नभएकी महिलालाई स्थानीयले प्रदेशस्थित मानव सेवा आश्रम धनगढी पठाएका छन । बेवारिसे महिलालाई बजार व्यवस्थापन समिति, युवा समाजसेवी, र इलाका प्रहरी कार्यालयको सहयोगमा धनगढी पठाएको बजार ब्यबस्थापन समितिका अध्यक्ष ईस्वर पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार २८ हजार ४ सय ५२ रुपैँया रकम संकलन गरी मानसिक सन्तुलन गुमाएकी महिलालाई उद्धार गरिएको बताउनु भयो । समाजसेवी मुकेश पालले एम्बुलेन्समा लाग्ने खर्च व्यहोर्ने गरी महिलालाई मानव सेवा आश्रम धनगढी पठाइएको छ । महिलालाई पुर्‍याउन समाजसेवी मुकेश पाल र इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी जवान निर्मला भट्ट र जानकी बादी धनगढी जाने भएका छन ।

Leave A Reply

Your email address will not be published.