महाकाली–२ बडालीगाउँका आधा दर्जन घर पहिरोको उच्च जोखिममा

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ बडालीगाउँका आधा दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन् ।

विहिबार (हिजो) राती बर्षा संगै खसेको पहिरोले बडालीगाउँका ६ वटा घर पहिरोको जोखिममा परेको स्थानीय गोपाल सिंह बडालले बताउनुभयो ।

बिहिबार रातीको बर्षाको कारणको स्थानीय गोपाल सिंह बडालको घरको आगनबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताउनुभयो ।

घरको आगनबाट पहिरो खसेपछि घरमाथी पनि जमिनमा चिरा पर्न थालेकाले आफू छिमेकिको घरमा सरेको उहाँले बताउनुभयो।

घर जोखिममा परेको जानकारी गराउन आफू वडा कार्यालयसमेत पुगेको उहाँले बताउनुभयो ।

सोही ठाउँमा स्थानीय पदमसिंह बडाल, करनसिंह बडाल, जमनसिंह बडाल, हरकसिंह बडाल र लक्षमन सिंह बडालको घर पनि पहिरोको जोखिममा परेको उहाँले बताउनुभयो ।

अहिले पहिरो खसेको ठाउँमा प्रहरीको टोली परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.