भारतको पिथौरागढमा एक करोड बराबरको भालुको पित्त र चरेससहित नेपाली नागरिक पक्राउ

दार्चुला । भारतको उत्तराखण्डको पिथौरागडबाट ठुलो मात्रामा तस्करीको सामान सहित एक जना नेपाली पक्राउ परेका छन् ।

उत्तराखण्ड राज्यलाई लागू औषध मुक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको “ड्रग फ्री देवभूमि अभियान अन्तर्गत चेकजाँचको क्रममा पिथौरागढ प्रहरीले ठुलो मात्रामा तस्करीको सामानसहित डोल्पाका सुर्यबहादुर बुढाथोकीलाई पक्राउ परेको जनाएको छ ।

धारचुला कोतवाली प्रहरी, एसओजी र वन विभागको संयुक्त टोलीले धारचुलातर्फ जाँदै गरेका नेपाल डोल्पा जिल्ला घर भएका सुर्यबहादुर बुढाथोकीलाई चेकजाँच गर्दा २ किलो ३ सय ग्राम चरेस र १ सय ७५ ग्राम भालुको पित्तसहित पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।

बरामद गरिएको चरेसको अन्तर्राष्ट्रिय बजार मूल्य झण्डै ४ लाख ६० हजार भारतीय रुपैयाँ अनुमान गरिएको छ भने १ सय ७५ ग्राम भालुको पित्तको मूल्य झण्डै १ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।

पक्राउ परेका बुढाथोकीमाथि एनडीपीएस ऐन ८र२० अन्तर्गत लागू औषध मुद्दा र वन्यजन्तु संरक्षण ऐन ४०र४९र५०र५१ अनुसार धारचुला कोतवालीमा मुद्दा दर्ता गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ। अभियुक्तलाई न्यायिक हिरासतमा पेश गरिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.