मेरो गाउँ निसिल
पहाडको काखमा अडिएको नानीजस्तै गाउँ,
निसिलको माटोमा बास्छ मायाको छायाँ।
हरियो वन, सिमसिम हावा, गुञ्जिन्छ चराको गान,
मुटु भरी रमाउँछु, मेरो गाउँ महान।
साँझ पर्खालमा पस्छ सुनौलो घामको रङ,
गहुँगहुँ गीत गाउछन् कोइली र पंक्षी संग।
बारीमा आमा होल्छिन् गहुँगहुँ धान,
बुबाको पसिनामा भरिएको छ सपनाको मान।
बाल्यकालको सम्झना, त्यो लुकामारीको खेल,
साथीहरूसँग दौडिन्थ्यौं हामी आकाशको रेल।
कर्कलो बाटोमा बग्थ्यो हर्षको धार,
अब त्यो दिन सम्झेर आँखा हुन्छन् भार।
पानेको खोलामा नुहाउँथेँ सधैं बिहान,
माछा समात्ने रमाइलो, गीत गाउँदै जान।
डाँडाकाँडा, वनजंगल सबै साथी थिए,
निसिलको फेदीमा सपनाहरू रचिएका थिए।
दसैँतिहार आउँदा रमाइलोको मेल हुन्थ्यो,
मादलको तालमा हर्षको गीत गुञ्जिन्थ्यो।
आँगनमा दीयो बालेर आकाश हेर्थ्यौं,
तारा गन्दै सपनालाई मुटुमा भर्थ्यौं।
आज शहरको भीडमा छु, तर मन गाउँमै छ,
निसिलको गन्ध मेटिँदैन, त्यो आत्मामा छ।
माटोको तागत, बुबाको आशा, आमाको माया,
यो जीवनभरि सम्झिन्छु, त्यो निसिलको छाया।
भोलि फर्केर बारीमा हरियाली रोप्नेछु,
मेरो गाउँलाई फेरि फूलजस्तै फुलाउनेछु।
निसिलको डाँडामा गुञ्जियोस् फेरि हाँसो,
यो जीवन तर्पण होस्, मेरो गाउँलाई पासो।
लेखक :-सरस्वती ढाँट श्री मालिकार्जुन माध्यमिक विद्यालय धाप, दार्चुलाकी विद्यार्थी हुन्।