दुहुँ–३ को वडा कार्यालयमा आगजनी

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा —३ को वडा कार्यालयमा आगजनी भएको छ । विहिबार राती अज्ञात समुहले वडा कार्यालयमा आगजनी गरेको वडा अध्यक्ष देव बहादुर बमले जानकारी दिएका छन ।

आगजनीबाट वडा कार्यालयमा रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको उहाँले बताए । स्थानीयहरुले विहान आगो नियन्त्रणमा लिने प्रयास गरे पनि कार्यालयमा रहेका सबै सामानसहित कागजपत्र जलेर नष्ट भएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयमा रहेका दैनिक प्रशासनिक कामका कागजात जलेर नष्ट हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएको छ। आगलागि बारे सुरक्षा निकायलाई जानकारी गराएको छ । घट्नाको विषयमा  बुझने काम भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.