दार्चुला । देशव्यापी आन्दोलनमा उत्रेको जेनजी पुस्ताले दार्चुलामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेको पाइएको छ ।
सो समूहले सदरमुकाम खलंगामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा मङ्गलबार २४ गते दिउसोतिर तोडफोड आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार आन्दोलनमा उत्रेको जेनजी पुस्ताले नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोडका साथै आगजनी गरेको जनाएको छ ।यस्तै अन्य दुई राजनितक दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी
कार्यालयमा तोडफोड गरिएको प्रहरी कार्यालय दाचुर््लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
सरकारले भ्रष्टाचार र सामाजिक सञ्जाल निस्क्रिय गरेको विरोधमा उत्रेको जेनजी पुस्ताले मुख्य मुख्य पार्टी कार्यलयमा तोडफोड र आगजनीको प्रयास गरेको उहाँले बताउनु भयो । पार्टी कार्यालयमा भएको आगजनी र तोडफोडको बारेमा
राजनितिक दलहरुले प्रहरीमा निवेदन दिएका छन । निवेदनको आधारमा प्रहरीले पार्टी कार्यालयहरुमा तोडफोड र आगजनीको प्रयास गर्ने आन्दोलनकारीहरुलाई खाज्नेकाम भइरहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) दाहालले बताउनु भयो ।
नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा प्रवेश गरी जेनजी समूहले टेबल, कुर्सी, दराज लगायतका फर्निचर सामग्री तथा कागजात नष्ट गरेको प्रहरीले जनाएको छ । एमाले पार्टी कार्यालयभित्र रहेको फर्निचर, कम्प्युटर, प्रिन्टर
लगायतका सामग्री तोडफोड गर्नुका साथै कागजात सहितका सामग्री बाहिर सडकमा निकालेर आगजनीसमेत गरेका छन् ।
जेनजी पुस्ताको नामबाट भएको कार्यालय तोडफोडबाट धेरै क्षति हुन पुगेको सम्बन्धित राजनीतिक पार्टीका नेताले बताएका छन । प्रहरीका अनुसार यो विचमा दुहुँ गाउँपालिका वडा ३मा रहेको वडा कार्यालयमा समेत अज्ञात समुहले
वडाकार्यालयमा आगजनी गरेको जनाएको छ । गोकुलेश्वर अस्पतालमा समेत जेनजी पुस्ताको नाममा सामान्य तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुकाम खलंगामा रहेको छान्ना तिंकरी कन्या माविमा समेत प्रदर्शनकारीहरुले तोडफोड गरिएको छ । शैल्यशिखर नगरपालिकाको वडा २ को वडा कार्यालयमा समेत अज्ञात समुहले तोडफोड गरिएको छ ।
जिल्लाका अन्य सरकारी कार्यालयहरुमा जेनजी पुस्ताको नामबाट तोडफोड र आगजनी नभएको प्रहरीले जनाएको छ । सरकारले जेनजी पुस्तालाई काठमाडौंमा १९ जना युवाहरूको लिएपछि जेनजी पुस्ताले आन्दोलनलाई थप उग्र बनाएका थिए ।