आज मालिकार्जुनको चौड र शैल्यशिखरको बन्तोली लगायत स्थानमा रात्री जात्रा लाग्दै

दार्चुला । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा जात्राको रौनक शुरु भएको छ ।

कात्तिक शुक्ल पक्ष सुरु भएसँगै जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो । जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिनासम्म जात्रा लाग्ने गर्दछ । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मा रहेको लटिनाथ चौड मन्दीर र शैल्यशिखर नगरपालिकाको वडा नम्बर ७ मालटिनाथ मन्दिर बन्तोली लगायतका विभिन्न मन्दीरमा शनिबार द्धितिया तिथिबाट जात्रा शुरु भएको छ ।

यी मन्दिरहरुमा शनिबार (आज) रात्री जात्रा लाग्ने समबन्धीत मन्दीर व्यवस्थापन समितीहरुले जनाएका छन् । द्धितिया तिथीबाट शुरु भएको जात्रा पूर्णिमाको दिन सकिने छ । जिल्लाको सबै भन्दा ठूलो त्रयोदशीको शिखर पुजन जात्रा चतुर्दशीको दिन मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको मालिकार्जुन मन्दीरमा जात्रा लाग्ने गरेको छ ।

यस्तै लेकम गाउँपालीकाको पाती, कुणि, लगायत स्थानमा पुर्णिमाको दिन अन्तीम जात्रा लाग्ने गर्दछ ।

शनिबार बोहोरीगाउँको बन्तोली र मालिकार्जुनको चौडमा शुरु भएको जात्रालाइ ब्यवस्थीत बनाउँन मदीरा र जुवातास नियन्त्रणको प्रयास गरीएको छ । सम्भाबित घट्नाहरुलाइ मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको र जात्रा ब्यवस्थापन समितिका साथै नजिकका प्रहरी कार्यालयहरुबाट सुरक्षाकर्मी परिचालन गरीएको छ ।

पुजाआजा गर्ने भक्तजनहरुकालागी मन्दीरमा पुजाआजा गर्ने ठाउँको आबश्यक ब्यवस्थापन गरीएको मन्दीर जात्रा ब्यवस्थापन समितिहरुले बताएका छन् । जिल्लाको लेकमा क्षेत्रमा दशै तिहार भन्दा पनि जात्रालाइ बढि महत्व दिइने गरेको छ । जात्राको लागि घर बाटा टाढा गएकाहरु समेत फर्किने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.