गायिका पौडेल मृत्युप्रकरण: प्रहरी कार्यालय पुगे गायक बाबुल गिरी

काठमाडौं । गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भएलगत्तै गायक बाबुल गिरी प्रहरीको सम्पर्कमा पुगेका छन् ।

पछिल्लो समय चर्चामा रहेका गिरीको अनामनगरस्थित रेकडिङ्ग स्टुडियोमै पुगेर गायिका पौडेलले गएको शनिबार आफैँले पेट्रोल छर्किएर आत्महत्याको प्रयास गरेकी थिइन् ।

त्यसलगत्तै प्रहरीले उनलाई उद्धार गरेर कीर्तिपुरस्थित वर्न अस्पताल भर्ना गरेको थियो । तर, शुक्रबार बिहान ८:२० बजे पौडेलको मृत्यु भएको हो ।

आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

Leave A Reply

Your email address will not be published.