गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितुको उपचार क्रममा शुक्रबार निधन भएको थियो।

नितुको पार्थिव शरिरमा सांगीतिक क्षेत्रका कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए।

नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। त्यहाँबाट उनलाई उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल लगिएको थियो।
नितुको मृत्युपछि उनको परिवारले बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो। प्रहरीले बाबुललाई आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

नितुको परिवारले बाबुल गिरीका कारण नितुले आत्मदाह गरेको बताएका छन्। नितुको मृत्यु नभएर हत्या भएको बताउँदै परिवारले न्यायको माग गरेको छ ।

गायक बाबुल गिरीविरुद्ध प्रहरीमा उजुरी

Leave A Reply

Your email address will not be published.