सहअस्तित्वको युगतर्फ: विश्व परिवर्तनको मुहानमा नेपाल

प्रा. डा. युवराज संग्रौला

दुनियाँको हिजोको सामरिक, राजनीति एवम आर्थिक संरचना र सन्तुलनको अन्त्य भैरहेको कुरा अव तथ्य भैसकेको छ। फ्रान्सिस फुकुयामाको परीकल्पना समाप्त भैसकेको छ। विश्वको तस्वीर अब फरक हुंदैछ। अब चीन,रसीया, भारत लगाएतका देशहरु पश्चिमी अधिपत्य र निर्देशन स्वीकार गर्न तत्पर हुंदैनन। हामिले नेपालमा अहिले गरीरहेको राजनीतिले के अनिस्ट ल्याउला सोच्नुपर्छ।

भोलीको दुनियाँको रुपरंङ्ग बिस्तारै प्रकट भैरहेको देख्न सकिन्छ, र अब सबै सभ्यता र राज्य व्यवस्थाका मुल्यमान्यताहरुको सहअस्तित्वमा आधारित विश्व व्यवस्था निर्माण हुने कुरा गफ मात्रै होइन। नेपालले आफ्नो भविस्यको मार्गचित्र कोर्ने समय पनि यहि सेरोफेरोमा आंउदै छ। बुढापाकाको भनाइमा अब हाम्रा पनि दिन आउछ्न, किनकी हामि संङ्ग उर्बर जमिन छ, प्रयाप्त जल छ, चाहिने जति जंगल छ र चाहिएजति जन्तुछ्न। हाम्रो समुन्नति जमिन, जल, जंगल र जन्तु नै हुन। बिगतमा हाम्रो दिमागमा बास गरेको “सामन्ती ट्युमर” को अन्त्य पनि हुनै पर्छ। संधै लाहुरे हुन र तेल भिसामा विदेश जान संभव छैन। डायसपोरा भन्दा त नागरिक्ता नै सम्मानित हुन्छ। अब देशले नागरिक सर्बोच्चताको बाटो बाट अगाडी बढनुको बिकल्प छैन।

हो, बिगत ७० बर्ष देखि नेपाली राज्यव्यवस्थाको स्वनिर्णयको सामर्थ्य कम्जोर भएकै हो र त्यसको मुख्य कारण रास्ट्रले सामर्थ नेतृत्व नपाएको ले नै हो। यदाकदा आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्ने जमर्को गरे पनि, पश्चिमी राजनीति, सामरिक दवदवाको कारणले नेपाल जस्ता साना देशको स्वतन्त्रताले चुनौती भोग्नु पर्ने अवस्था थियो, तर अब त्यो युग समाप्त हुंदैछ, भलै फेरि एउटा युद्धको परीकल्पना गर्न पश्चिमले अहिले पनि छोडेको छैन।

अहिले पनि लोकतन्त्र भनेको पश्चिम राजनीति दर्सनले निर्माण गरेका संकथनहरुको समस्टीनै हो भन्ने मान्यता आज पनि थुप्रै पुर्व उपनिवेश र भ्रष्ट संभ्रान्तहरुले शासन गरेका हाम्रो जस्तो देशमा जिवितै छ। यस्ता मुर्ख पन्डित बिदेशी पौसाको लोभमा श्याल हुंइया चलाइ रहेकै छ्न। यसको मुलकारण “हाम्रो जस्तो देशका कम्जोर बौद्धिक नेतृत्वमा बांचेको शासन प्रणालीमा सामन्त बन्ने जिजिभिषा नै हो, जुन कारणले हाम्रो जस्तो देशका नेताका दिमाग र कर्मचारीतन्त्रमा बिदेशी योजनाका गुंडहरु बन्न पाए।”

१. तर अब परिस्थिति तिब्र गतिले परीवर्तन हुँदै छ। हिजोका सबैजसो दोस्रो र तेस्रो विश्वका देशहरू “समग्र” दक्षिणको मन्चमा आवद्ध भैरहेका छ्न। अब चीन, रसिया र भारत लगाएतका उदियमान अर्थतन्त्रहरुको नेतृत्वदायी भुमिका “पश्चिमले रोकेर रोकिनेवाला छैन।”

२. नेपाल आजको परीवर्तीत परीस्थितीमा “दुई ढुंगा बिचको तरुल होइन, नेपाल दुइवटा ठुला बजार र सभ्यताका बिचमा आसिन “धनखानी” हो। अबको हाम्रो यात्रा निर्णायक हुनुपर्छ र अबिचल पनि हुनुपर्छ।” यो परीस्थितीमा नेपाली नागरिकहरुले आफ्नो स्वार्थी सामाजिक मनोबिज्ञानलाई त्यागनु पर्छ। हामीले आफ्नो प्रगति नभएपनी अरुको प्रगती चैं हुनुहुन्न भन्ने दिमागमा बसेको परपिडक मनोग्रन्थि त्यागनुपर्छ, नागरिक अनुशासन हाम्रो वैदिक सनातन, बौद्ध र मुन्धुम जस्ता मानविय दर्शनको वरिपरि बन्नुपर्छ। हाम्रा सभ्यताहरु र संस्कृतिको धरातलमा राजनीति व्यवस्था र राज्यका संस्था निर्माण हुनुपर्छ। हामिले ग्रीन कार्ड र बिदेशी नागरिक्ता बोकेर खोक्रो रास्ट्र्वाद, भुराजनितीको यथार्थ ब्याख्या छोडेर षडयन्त्रको सिद्धान्तको खेती, र पश्चिमी राजनीति र सामरिक मान्याता दिमागमा भरेर आफ्नो संस्कृतिको उन्मुलन गर्ने प्रवृती समाप्त गर्नुपर्छ। यसो नगरी देशमा राजनीति स्थिरता र आर्थिक समृद्धि निर्माण गर्न सकिन्न। हाम्रो पथभ्रस्ट भएको दिमागले बनाएको राज्यव्यवस्थालाई आफ्नो सभ्यता र संस्कृतिमा खडा गरेपछि मात्र राजनीति स्थिरता र आर्थिक समृद्धिको कल्पना गर्न सकिन्छ।

३. नेपालको स्वतन्त्रता र सार्बभौमसत्ता कसैले बिगठन गर्न सक्दैन। नेपाल संयुक्त रास्ट्र संघको सदस्य हो। तर चीन, रसिया, भारत, अफ्रीका र दक्षिण अमेरीकाको निरन्तर उदयमा पश्चिमी हैकमबादले आफ्नो अस्तित्वमाथि चुनौती देखेको छ। उ कानुनबाट निर्देशित विश्वब्यस्थाको कुरा गर्छ। तर उ के पनि ठान्छ भने “आफना राजनीति, आर्थिक र सामरीक मान्यता सबैले मान्नुपर्छ र त्यसो नगरे विश्वशान्ति मा चुनौती पैदा भएको ठान्छ। यो समतामूलक मान्यता होइन, त्यसैले विश्वव्यस्थाले अहिले पनि चुनौती भोगीरहेको छ। यहि परीस्थितीमा हाम्रो भुमी पनि पश्चिमी मान्यताको उदियमान शक्तिहरुलाइ रोक्ने रणनीतिको हस्तक्षेपको सामना गरीरहेको छ। तर यो हस्तक्षेप सफल हुदैन। भनिन्छ, चेसको खेल सकियपछि प्यादा र रानी एउटै बट्टामा बन्द हुन्छ्न। अर्थात चेसको खेल क्षणिक हुन्छ। हिजोका शासकले यो कुरा नबुज्दा राज्य व्यवस्था वरिपरि “बिदेशी चेसले मौका पायो तर त्यो दिर्घजालिन होइन। अहिले बिद्रोहबाट आएको नेतृत्वको पनि अब त छांट कांट देखियो नै ।

४. यो अवस्थानै अब देशमा बौद्धिक नेतृत्वको पुर्वावस्था हो। भारत र चीनको प्रतिस्पर्धा हाम्रो देशले चुनौती ठान्नु पर्दैन, खाली हामिले हाम्रो भान्सा फोहोर राख्नु हुन्न। नेपालको चीन संङ्गको संबन्धलाइ भारतले अस्विकार गर्न सक्दैन र गर्दैन, र त्यसैगरी चिनले भारत संगको संबन्धलाइ अस्विकार गर्न सक्दैन र गर्दैन। नेपाललाई उनिहरुको आवस्यक्ता जतिकै आवस्यक्ता उनिहरुलाइ नेपालको आवस्यक्ता छ। एक दिन नेपाल उनिहरु बिचको पुल बन्ने सुनिस्चित छ। त्यसैले अब राज्य व्यवस्थाको बर्तमान ढांचा बदल्नु नेपाली नागरिकको कर्तव्य हो। हाम्रो एउटा भनाइ छ “कांधमा राखेको कुकुरले मिर्ग मार्दैन।” यो तथ्य हिजो सत्तामा पुगेका कांग्रेस र कम्युनिस्ट नेताले बुझेनन। अब पुनरउदको सपना केबल कल्पना मात्र हो। बिद्रोह गर्नेको हालत पनि देखियो। कुनै दूतावासको संस्थामा आवद्ध तथा बिदेशमा बसेर नेपालको नियन्त्रण गर्ने सपना उनिहरुकै लागि प्रत्युतपादक हुनेछ।

५. राजनीति स्कलर्सिप पाएर डिग्री हासिल गरे जस्तो सजिलो हुन्न। राजनीतिले अर्थतन्त्र चलांउछ र “राज्यको संचालन गर्ने कर्मचारी चलाउंछ। यहि नबुज्दा बुढेसकालमा नेताले सुकुम्बासी बन्नु पर्यो। अनि घर जलाएर मालिकको सेवा गर्दा अहिले जेल र अ्ध्यांरा कोठामा लुक्नु पर्यो।

६. अब राज्यको गन्तव्य स्पष्ट छ।

६.१. राज्यको स्वनिर्णयको सामर्थ्य निर्माण गर्ने नागरिक सर्बोच्चतामा आधारित, नागरिक प्रती उत्तरदायी सरकारको नेतृत्व गर्ने योग्य ब्यक्तिहरुले राजनीतिमा प्रवेश गर्नुको बिकल्प छैन। राज्य राजघानिका बिदेश पढेका र केही बिदेशीको ढाप पाएका सिमित ब्यक्तिको क्यासिनो गृह होइन। देश बचाउने किसान र ब्यवसायीको समृद्धि सुनिस्चित गर्ने गाउँगाउँमा स्वआर्जनको अर्थतन्त्र निर्माण गर्ने योजना र क्षमता भएका निर्माताहरुको लागि अब बाटो प्रस्ट छ। ब्वांसाहरु मासिए पछि जंगल गुल्जार गर्ने जनावरको स्वतन्त्रता शुरु हुन्छ।

६.२. सबै कुरा बिना बांच्न सकिन्छ तर नखाइ बांच्न सकिन्न। अत: अब देशको कृषि उत्पादनमा स्वनिर्भरता पहिलो अभियान हो। यसबाट भोकबाट स्वतन्त्र नागरिकले लाहुरे हुनुपर्ने बाध्यता सकिन्छ, किनकी समृद्ध कृषिले औद्योगिकरणको बाटो समात्छ।

६.३. यी दुवैलाइ उन्नत शिक्षा चाहिन्छ। शिक्षा राम्रो शिक्षकले बनाउने हो, सामन्त नेताले होइन। अब त सबै शिकक्षकले बुझि सके, थारो गाई लाई घाँस हालेर गोठ उन्नत हंदैन। अब शिक्षितहरुले राज्य जिम्मा लिने समय आयो।

६.४. शिक्षाले स्वरोजगार निर्माण गर्नुपर्छ। अत अब स्कुल र कलेजहरु अनुसन्धान र उत्पादनका केन्द्र बन्नुपर्छ।

६.५. हामी डिजिटल युगमा आइपुगेका छौ। अत: युवाहरुलाइ डिजिटल क्रान्तिमा सरिक गर्नुपर्छ।

६.६. बिकास र अवसरको पहिलो प्राथमिक्ता तल्लो तहको ४०% जनता हो। अत: उस्को शिक्षाको अवसर प्रती राज्य उत्तरदायी हुनुपर्छ।

यी सबै गर्न, राज्य समाबेशी हुनुपर्छ। अत: प्रस्न कसरी कसरी भोट हाल्ने होइन, कसरी प्रतिनिधिलाई जनउत्तरदाइ बनाउने भन्ने कुरा बहसको बिशय हो। तर हाम्रो चुनौती भुराजनिती सन्तुलनको छ। अत: भारत र चिनको सुरक्षा प्रती हामिले संवेदनशिल हुनुपर्छ। हाम्रो जिम्मेवारी दक्षिण एसिया र चिनका बिचमा सहकार्य निर्माण गर्नु हाम्रो बिदेश नितिको निर्देशक सिद्धान्त हुनुपर्छ। निरासा र लघुताभाष त्यागौं। मन्त्री हुन होइन रास्ट्र निर्माण गर्न राजनीतिलाइ समर्पित गरौं।

✍️ प्रा. डा. युवराज संग्रौला

Leave A Reply

Your email address will not be published.