कप्तानगन्ज घटनाका घाइते मेहताको काठमाडौंमा उपचारका क्रममा मृत्यु

सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक हिंसात्मक घटनामा गम्भीर घाइते भएका रबिन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ। काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत मेहताको मंगलबार बिहान निधन भएको देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले जानकारी दिएका छन्।

रबिन्द्र मेहताको निधनसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि सो घटनामा जयप्रकाश मेहता र ओमप्रकाश मेहताको मृत्यु भइसकेको थियो। घटनापछि पीडित परिवार र सरकारबीच गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सातबुँदे सहमति भएको थियो। सहमतिपछि यसअघि मृत्यु भएका दुईजनाको अन्त्येष्टि गरिएको थियो।

उपचाररत मेहताको पनि निधन भएपछि कप्तानगन्ज फेरि शोकमा डुबेको छ। घटनाले प्रभावित क्षेत्रका स्थानीयमा अझै त्रास र पीडा कायम रहेको छ। स्थानीयवासीले दोषीमाथि निष्पक्ष छानबिन, कानुनी कारबाही तथा पीडित परिवारलाई गरिएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.