दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला सम्पन्न भएको छ। वडाका ज्येष्ठ सदस्य प्रेम सिंह धामीको सभापतित्वमा सम्पन्न भेलाले ७ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
भेलाबाट शेर सिंह धामी वडा सभापतिमा चयन भएका छन् भने पदम सिंह धामी उपसभापति बनेका छन्। यस्तै, किसन सिंह धामी सचिवको जिम्मेवारीमा चयन भएका छन्। सदस्यहरूमा ईन्द्र सिंह धामी, गणेश सिंह धामी र बल्देब सिंह धामी चयन भएका छन्।
कार्यक्रममा बोल्दै रास्वपाका सभापति राजेश सिंह सामन्तले पछिल्लो समय दार्चुला जिल्लामा पार्टीको संगठन तीव्र रूपमा विस्तार हुँदै गएको बताउनुभयो। उहाँले रास्वपाप्रति जनताको विश्वास दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै यसले पार्टीलाई थप सशक्त बनाएको धारणा व्यक्त गर्नुभयो।
भेलामा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले पारदर्शी, जवाफदेही तथा जनमुखी राजनीतिका लागि रास्वपाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा संगठनलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।