नेपाली राजनीतिले जन्माउन नसकेको रास्ट्रीयता

लेखक :-अर्जुन जंग रायमाझी

राज्य एउटा राजनैतिक संस्था हो जसले राज्य सञ्चालनका लागि नीतिको पालना गरी सरकारको मातहतमा वा माध्यमबाट निश्चित भौगोलिक सिमाना भित्रको परिचय, कानुन, जनसंख्या, सार्वभौमसत्ता आदि चिनिने तत्व नै राष्ट्रियता हो। राज्य बन्न राज्यका आधार स्तम्भहरु जनसंख्या, क्षेत्रफल, सरकार र सार्वभौमसत्ता जुन को विना राज्यको परिकल्पना पनि गर्न सकिदैन | राज्यको पहिचान यसको आधारस्तम्भ संग गासिएको हुन्छ । यी राज्य आफ्नो नागरिकहरूको अधिकार, जिम्मेवारी, कर्तव्य तथा समानता कायम राख्नु नै राज्य सञ्चालनमा राजनीतिक संस्थाको भूमिकारुपमा रहेको हुन्छ । त्यसैले राज्य सञ्चालनमा राजनीतिक संरचनाद्वारा निर्माण गरिने नीति, ऐन, शक्ति, सरकार रश्रोत साधनको बाडफाड गराउने अंग को रुमा मानिन्छ । लाई हेर्दा राजनैतिक पृष्ठभूमि , रास्ट्रीयता तुलना गर्ने हो भने विगतका राजनैतिक नीति , राजनीतिज्ञ व्यवस्थाको अध्ययन गर्दा,सुन्दा,संझदा हामी भित्र रास्ट्रीयता , रास्ट्र , पहिचान ,योगदान ,नैतिकता ,बिरतागर्वले छाती फुलेर आउछ | सगरमाथाको जस्तो शिर ठाडो भएको महशुस हुन्छ | रगत -रगत मा वीरता को रगत बगेको अनुभूति हुने गर्दछ | संसारमा यी भन्दा ठुलो केहि छैन जहाँ जन्मभूमि , जन्मदिने आमा स्वर्ग भन्दा ठुलो , प्राण भन्दा ठुलो र महत्वहुन्छ भने काम , विचार ,भावना ,रास्ट्रीयता को सुगन्ध संग जोडिएको झुन्छ |रास्ट्रीयता भन्दा ठुलो एक नागरिक को लागि ठुलो अर्को कुनै हुन् सक्दैन भन्ने आभास विगतमा हुने गर्थ्यो जसको ज्वलन्त उदाहरण पृथ्वी नारायण शाह देखि , वि.पी. कोइराला ,गणेशमान सिंह देखि हालसम्म रास्ट्रका लागु प्राण आहुति दिने ज्ञात आज्ञात शहिदहरु जुन रास्ट्रियता को लागि कुनै पल , कुनै पनिं अवस्थामा , परिस्थितिमा विकेनन , झुकेनन् र सधै उच्च राखी गर्वका साथ बाच्न सिकाउथ्यो |
बिडम्बना यस्तो राज्य चलाउने वितीर काउने राजनीतिज्ञ एक अहिलेको पुस्तामा राष्ट्रियता भन्ने के हो? राष्ट्रियता के लाई भनिन्छ ? राष्ट्रियता कसरी कायम राख्न सकिन्छ आदि कुरा दिन नसलवा वर्तमान राजनीति एक खोको आदेश वा स्थानको भिडमा कुकुरलाई राख्नु सरह भएको छ राष्ट्रियता कुनै तारामा सीमित भावता होइन यो जनताको त उपमा भावता चेतनामा उम्रिने साझा जिम्मेवारी र पहिचान हो । इतिहासले देखाएको छ – जब राजनीति जनभावनासँग जोडिन्छ । त राष्ट्रियता सुद्ध हुन्छ तर बिडम्बना, नेपाली राजनीतिले दशकौँ बितिसक्दा पनि त्यस्तो राष्ट्रिय चेतना जन्माउन सकेको देखिदैन, जसले सम्पूर्ण जनतालाई एउटै सुत्रमा बांधोस | नेपाली राजनीतिमा राष्ट्रियताको प्रयोग धेरैजसो चुनावी नारा, सत्ता टिकाउने हतियार र विरोधीलाई आरोप लगाउने अस्त्रका रुपमा भएको छ। राष्ट्रको दिर्घकालिन हितमन्दा पनि दलाल, दलगत स्वार्थ व्यक्तिगत लाभ र सत्ता समीकरणलाई प्राथमिकता दिइदा राष्ट्रियताको मर्म नै कमजोर बनेको छ परिणामस्वरूप, राष्ट्रियता जनताको जीवनसँग गाँसिनुको सट्टा भाषण र कागजमै सीमित रहन पुगेको की
राजनीतिक अस्थिरता, बारम्बार सरकार परिवर्तन र नीति, नियम‌को विरहरता बहुनुले जनतामा राज्यप्रति भरोसा घट्‌दै गएको छा जब राज्यप्रणाली प्रति विश्वास कमजोर हुन्छ, तब राष्ट्रिय भावना पति कमजोर हुनु स्वभाविक हो । अझ गम्भीर कुरा त के छ भने, राष्ट्रियता निर्माण गनुपर्ने राजनीतिक नेतृत्व स्वयम नै विभाजनको कारक बन्दै गएको अनुभूति जनतामा बढ्दै गएको अनुभूति जनतामा देखिएको छ | नेपाली राजनीतिले राष्ट्रियतालाई समावेशी, नागरिक केन्द्रित र व्यवहारिक बनाउने अवसर धेरै पटक पायो, तर ती अवसरहरू गुमाइयो । भाषा, संस्कृति, भौगोलिक विविधता र ऐतिहासिक संघर्षबाट जन्मिएको राष्ट्रिय चेतनालाई मजबुत बनाउनुको सट्टा, पहिचानको राजनीति र ध्रुवीकरणलाई प्राय दिइयो । यसले साझा राष्ट्रिय भावना भन्दा पनि विभक्त सोचलाई बढावा दिइयो
राष्ट्रियता सिमानाको रक्षा मात्र होइन, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र आत्म सम्मानसँग गासिएको विषय हो। जब नागरिकले आफ्नै देशमा सुरक्षित, सम्मानित र सम्भावना युक्ल जीवन जीवन देख्दैनन्, तब राठिया भावना कमजोर बन्छ । आाज ठूलो संख्यामा युवाहरु विदेशिन बाह्य हुनु पनि अव नसकेको आशावादी नेपाली | अब प्रश्न उठ्छ – राष्ट्रियताको संकेत के हो ? राष्ट्रियता राजनीतिबाट मात्र जन्मिन्छ ? उत्तर स्पष्ट छ – राजनीति यसको प्रमुख माध्यम हो । जब सम्म राजनीति नैतिक, उत्तरदायी र जनमुखी हुदैन, तबसम्म राष्ट्रियता खोक्रो नारा मात्र रहन्छ । राष्ट्र निर्माणको भावना भाषणबाट होइन, व्यवहारबाट देखिनु पर्छ।
अन्ततः, नेपाली राजनीतिज्ञ, राजनीतीले आत्म समिक्षा गर्नेपर्छ । राष्ट्रियता सिकाउने होइन, बाच्ने विषय हो । जब राजनीति जनताको दु:ख, सपना र भविष्यसँग इमानदार रुपमा जोडिन्छ तब मात्र साचो राष्ट्रियता जन्मिन्छ । नत्र राष्ट्रियता नारामा मात्र सीमित रहिरहनेछ – र राष्ट्र अवसर गुमाउदै जानेछ।

Leave A Reply

Your email address will not be published.