दार्चुलामा उम्मेदवारहरुले चुनावमा ३१ लाख रुपैँयासम्म खर्च गर्न पाउने

बैंकमा खाता खोल्दा उम्मेदवारको तर्फबाट जिम्मेवार पदाधिकारी तोक्नु पर्ने

दार्चुला । दार्चुलामा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले चुनावमा ३१ लाख रुपैँया खर्च गर्न पाउने भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा खर्चका लागि निर्वाचन अयोगले उक्त सिमा तोकेको हो ।

विहिबार निर्वाचन आचारसहिंता अनुगमन अधिकृतको कार्यालयले जिल्लामा उठेका उम्मेदवारहरुको खर्च सिमा ३१ लाख रुपैँया तोकेको निर्वाचन आचारसहिंता अनुगमन अधिकृत हरिदत्त पाण्डेले जानकारी दिए । प्रतिनिधि सभा सदस्यका उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तिय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने नियम लागू गरिएको छ । उम्मेदवारले बैंकमा खाता खोल्दा उम्मेदवारको तर्फबाट जिम्मेवारी पदाधिकारी तोक्नु पर्ने पनि जनाएको छ ।

निर्वाचन प्रचार—प्रसारको लागि कोण सभा वा आम सभा गर्दा मंञ्चको तयारीका लागि लागेको खर्च विबरण सम्बिन्धित उम्मेदवार वा प्रतिनिधि मार्फत निर्वाचन सम्पन्न भएको १५ दिनपछि जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । आगामाी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलामा एघार राजनितिक दलबाट ११ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
आसन्न निर्वाचनलाई स्वच्छ,मर्यादित, निष्पक्ष, पारदर्शि, मितव्यायी, र भयरहित वाताबरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगद्धारा निर्वाचन आचारसहिंताको पूर्ण रुपमा पालना गर्न समेत आग्रह गरिएको छ । आयोगले माघ ४ गते देखि निर्वाचन आचारसहिंता लागु गरिसकेको छ ।

यस्तो छ निर्वाचन आचारसहिंता अनुगमन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचना

Leave A Reply

Your email address will not be published.