दार्चुलामा एकल महिलाको विभत्स हत्यापछि लुटपाट

दार्चुला । दार्चुलामा एकल महिला आफ्नै नजिक मृत फेला परेकी छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा –८ देवल की ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार बिहान आफ्नै घरको बाहिर  मृत अवस्थामा फेला परेकी हुन। घरमा एक्लै बस्दै आउनु भएकी जोशीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार घरमा एक्लै बस्दै आउनु भएकी  महिला मृत फेला परेको बताइएको छ ।  घटना बारेमा प्रहरीइलाई आज विहान ९ बजेतिर मात्रै खबर प्राप्त भएको थियो । खबर पाएपछि प्रहरी निरीक्षक निरज भाट सहितको टोली अहिले घटनास्थलमा पुगेको छ ।

मृत फेला परेकी जोशीको हत्यापछि तीन तोला सुनका गरगहना नभेटिएको स्थानीयले बताएकाछन छ। उनका श्रीमान अर्को घरमा बस्दै आएका थिए।

मृतक जोशीका आफ्नै छोरा नभएको पनि खुल्न आएको छ ।   यस्तै प्रहरीले घटनालाई हत्या हुनसक्ने आशङ्कामा लिएर प्रमाण सङ्कलन र अनुसन्धान प्रक्रिया अघि बढाएको छ । घटनाबारे थप बिवरण आउन बाकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.