दार्चुला । दार्चुलामा प्रहरी हवल्दारको हत्या भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।
महाकाली नगरपालिका वडा–४ बांगाबगडा स्थित एउटा होटलको पछाडि उनी मंगलबार मृत भेटिएका हुन् । कुटेर उनको हत्या गरेको आशङ्का गरिएको छ ।
हत्यामा संलग्न आशङ्कामा सोधपुछको लागी प्रहरीले ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए ।
उनले भने, ‘कुटेर हत्या गरेको देखिन्छ, सोधपुछको लागी ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान हुँदैछ ।’ नियन्त्रणमा लिइएकाहरुको परिचय प्रहरीले गौप्य राखेको छ ।
यो समाचार पनि पढ्नुस्
एकै दिन दार्चुलाका दुई छुट्टाछुट्टै ठाउँमा महिला पुरुषको हत्या