सुनको भाउ तोलामा २२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको भाउ तीन लाख सात हजार ७०० रुपैयाँ छ ।

अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएकोछ ।

हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

Leave A Reply

Your email address will not be published.