मालिकार्जुन ३ मा माओवादी केन्द्रको वडा कमिटी गठन

दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन गरिएको छ ।

शनिबार गाउँपालिकाको वडा नम्बर ३ बाट वडा अधिवेशनको सुभारम्भ गरिएको हो । नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा पुर्व गाउँ कमिटी अध्यक्ष मोहन सिंह धामीको अध्यक्षता बैठक बसि वडा कमिटी चयन गरिएको माओवादी केन्द्रका वडा कमिटी सदस्य प्रकाश सिंह धामीले जानकारी दिनुभयो ।

भेलाले मोहन सिंह धामीको अध्यक्षतामा २९ सदस्यि वडा कमिटी गठन गरेको छ। उपाध्यक्ष मधन सिंह धामी र महिला उपाध्यक्षमा गुम्भा धामी, सचिवमा राजेन्द्र सिंह धामी, सह सचिवमा हिरा टमटा चयन भएको धामीले बताउनुभयो ।

भेलाले सबिर सिंह धामी, प्रकाश सिंह धामी , कृष्ण सिंह धामी , महेश सिंह धामी, इन्द्र राम टमटा र मदन सिंह धामीलाई पालिका प्रतिनिधि चयन गरेको छ।

कार्यक्रमको प्रमुख अतिथिमा माओवादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य कल्यन सिंह धामी(पकंज) विशिष्ट अतिथिमा एकिकृत अखिल नेपाल शिक्षक संगठन दार्चुलाका अध्यक्ष जनक सिंह धामी, जिल्ला कमिटी सदस्य सबिर सिंह धामी लगायतका नेता कार्यक्रताको सहभागीता रहेको थियो ।

No description available.

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.