कञ्चनपुर, ०३ जेठ ।
सत्ताधारी राष्ट्र्यि स्वतन्त्र पाटी(रास्वपा)कञ्चनपुरका नेताकर्ताहरु र आरक्षपीडितविच छलफल भएको छ । आइतबार राष्ट्र्यि स्वतन्त्र पाटी(रास्वपा)कञ्चनपुरका नेताकर्ताहरु र आरक्षपीडितविच छलफल भएको हो । आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले सरकारमा सहभागि दल कञ्चनपुरका सभापति पदम विष्ट, बेदकोट नगरका सभापति डम्बर भट्ट, नेता झकराज जोशी सहितका नेताहरुसंग पीडितको पुर्नस्थापना बारे छलफल गएको बताए । छलफलमा पीडितहरुले अन्य दलहरुको जस्तो चुनावमा मात्रै आश्वासन दिने र जितेपछि पीडिततिर नहेर्ने प्रवृति रास्वपाले गर्न नहुने तर्क राखेका थिए । भने, रास्वपा नेताहरुले आरक्षपीडितको समस्या सदाका लागि समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन ।