कञ्चनपुरका डम्बर सिंह कार्की राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आरएटि समन्वय विभाग सदस्यमा मनोनित

कञ्चनपुर, जेठ ८ ।

कञ्चनपुरका डम्बर सिंह कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय आरएटि समन्वय विभागको सदस्य पदमा मनोनित भएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंबाट जारी पत्रमार्फत कार्कीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । महामन्त्री भूप देव शाहद्वारा हस्ताक्षरित पत्रमा पार्टीको विधान, नीति तथा सिद्धान्तअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

भीमदत्त नगरपालिका–२ निवासी कार्की लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनको मनोनयनसँगै कञ्चनपुरमा रास्वपाको संगठन विस्तार तथा गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.