रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको केन्द्रीय सदस्यमा महरा

कञ्चनपुर ०९ जेष्ठ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको केन्द्रीय सदस्य पदमा कलसा देवी महरा मनोनीत हुनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंबाट जारी पत्रमार्फत कार्कीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । महामन्त्री भूप देव शाहद्वारा हस्ताक्षरित पत्रमा पार्टीको विधान, नीति तथा सिद्धान्तअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

उहाँको मनोनयनसँगै पार्टीको विज्ञान, सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई थप प्रभावकारी र व्यवस्थित बनाउन योगदान पुग्ने विश्वास गरिएको छ। पार्टीका गतिविधिलाई आधुनिक प्रविधिसँग जोड्दै सूचना प्रवाहलाई अझ सशक्त बनाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.