सुदूरपश्चिम सरकारले अझै सार्वजनिक गरेन बजेटको पूर्ण पाठ, नेकपाले दियो सभामुख र अर्थ सचिवलाई निवेदन

सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य अझै सार्वजनिक गरिएको छैन ।

सोमबार मध्यराति प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोडको वार्षिक बजेट प्रस्तुत गरेका थिए । तर, अहिलेसम्म उक्त बजेट वक्तव्य सार्वजनिक नगरिएको हो ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वक्तव्य माग गर्दै अर्थ मन्त्रालय र सभामुखलाई निवेदन दिएको छ । दलका उपनेता प्रकाश रावलले प्रदेशसभामा प्रस्तुत गरिएको बजेट वक्तव्य तथा त्यससँग सम्बन्धित विधेयकहरू अध्ययनका लागि उपलब्ध गराउन निवेदन दिएका हुन् ।

प्रदेशसभामा बजेट प्रस्तुत गर्दै मन्त्री धामीले चालु र पुँजीगततर्फ कति रकम छुट्याइएको छ भन्ने स्पष्ट विवरण भनेका थिएनन् ।

यस्तै, मन्त्रालयगत रूपमा रकम बाँडफाँट पनि वक्तव्यमा गरिएको थिएन । बजेटमा सत्ता साझेदार एमाले र कांग्रेसबीच विवाद भएको थियो । सोही विवादले बजेट पूर्णरूपमा लेखन नभई प्रस्तुत गरिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.