महाकालीमा बढी, मालिकार्जुनमा कम सुरक्षित गर्भपतन सेवा

दार्चुला । दार्चुलामा मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्म सुरक्षित गर्भपतन सेवा लिने महिलाको विवरण सार्वजनिक गरिएको छ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार यस अवधिमा महाकाली नगरपालिकामा सबैभन्दा बढी तथा मालिकार्जुन गाउँपालिकामा सबैभन्दा कम महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।

तथ्याङ्कअनुसार महाकाली नगरपालिकामा २० वर्ष वा सोभन्दा माथिका १८० जना र २० वर्षमुनिका ८ जना गरी कुल १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। शैल्यशिखर नगरपालिकामा २० वर्षमाथिका ११७ जना र २० वर्षमुनिका ५ जना गरी १२२ जनाले सेवा प्राप्त गरेका छन्।

गाउँपालिकामध्ये लेकममा ४९ जना, मार्मामा ४८ जना, दुहुँमा ४२ जना तथा नौगाडमा ४० जना (२० वर्षमाथि ३९ र २० वर्षमुनि १) महिलाले सेवा लिएका छन्। त्यस्तै, अपिहिमालमा १५ जना र ब्याँसमा ५ जना २० वर्षमाथिका महिलाले सुरक्षित गर्भपतन सेवा प्राप्त गरेका छन्।

मालिकार्जुन गाउँपालिकामा भने २० वर्षमाथिका जम्मा ३ जना महिलाले मात्रै सुरक्षित गर्भपतन सेवा लिएको तथ्याङ्कमा उल्लेख छ। २० वर्षमुनिका कसैले पनि सेवा नलिएको देखिएको छ।

स्वास्थ्य कार्यालयका अनुसार ब्याँस, दुहुँ, अपिहिमाल, मालिकार्जुन र लेकम गाउँपालिकामा २० वर्षमुनिका किशोरीहरूले सुरक्षित गर्भपतन सेवा लिएको सङ्ख्या शून्य रहेको छ।

सरकारले सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय तहसम्म सुरक्षित गर्भपतन सेवा विस्तार गरिरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.