सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रीय सदस्य मिना कुँवर

कञ्चनपुर, १७ असार ।
कञ्चनपुरको एक सामुदायिक विद्यालय व्यवस्थापन समितिकी सदस्य तथा भीमदत्त नगरपालिका ३की वडा सदस्य मिना कुँवर सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन ।


काठमाण्डौँमा दुईदिनसम्म संचालन भएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको राष्ट्रिय सम्मेलनबाट भीनपा ३ नौलाखेत गौरीशंकर आधारभूतका सदस्य एव सोही वडा सदस्य मिना कुँवरसामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन ।
१५ र १६ असार ०८३मा सम्पन्न भएको राष्ट्रिय महाधिवेशनबाट सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय सदस्यमा कुँवर निर्वाचित भएसंगै उनले थप सामुदायिक विद्यालय बनाउने जिम्मेबारी थपिएको बताएकी छिन । वडा सदस्यसंगै कुँवर गाँउकै सामुदायिक विद्यालय बनाउने अभियानमा शुरुवातदेखि नै जुटेका छिन ।

Leave A Reply

Your email address will not be published.