क्यासिनोमा भारतिय नागरिकको मृत्यु

कञ्चनपुर २० असार ।
कन्चनपुरमा क्यासिनो खेल्न आएका एक जना भारतिय नागरिकको मृत्य भएको छ । कञ्चनपुरको होटल डाएमण्डमा संचालित क्यासिनो हेप्पि आवरमा लडेर घाइले भएका भारतको अलमोडा रानिखेतका ५३ बर्षिय दिपेन्द्र सिंहको महाकाली प्रादेशिक अस्पतालमा मृत्य भएको प्रहरीले जनाएको छ ।


कञ्चनपुरको होटल डायमण्डमा संचालित क्यासिनामा खाटबाट लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेक बहादुर रावतका अनुसार भारत उत्तरखण्डको रानीखेतका ५३ वर्षीय दीपेन्द्र सिंहको बिहीबार मृत्यु भएको हो ।
डिएसपी रावतका अनुसार सुतेको अवस्थामा खाटबाट लडेका सिंहको निधारमा चोट लागेको थियो । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शवको पोष्टमार्टम गरेर आफन्तले बुझेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.