बढी मुद्दा फट्यौट गर्ने देशभरीमा कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश राजेन्द्र भण्डारी प्रथम

कञ्चनपुर
गत आर्थिक बर्षमा मुद्दा फट्र्यौट गर्नमा कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश राजेन्द्र सिह भण्डारी देशभरीमा पहिलो भएका छन । ०८२÷०८३मा मुद्दा फट्र्यौट गर्नमा कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश भण्डारी देशभरीका जिल्ला न्यायाधिश भण्डारी पहिलो भएका हुन । ७७ जिल्ला मध्ये १२ जिल्ला अदालत न्यायाधिशले सबैभन्दा बढी मुद्दा फ्छयौट गरेको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतको तथ्याङ्क अनुसार कञ्चनपुर जिल्ला अदालतका न्यायाधिशको ईजलासले हजार बढी मुद्दा फछ्यौट गरेर पहिलो भएका छन । कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश राजेन्द्र सिह भण्डारी नेतृत्वमा एक बर्षको अवधिमा देवानी तथा फौजदारी गरेर एक हजार ११ मुद्दा फछ्यौट गरेर पहिलो भएका हुन ।
पछिल्ला दुई बर्षदेखि कञ्चनपुर जिल्ला अदालतको नेतृत्व न्यायाधिश राजेन्द्र सिह भण्डारी नेतृत्वमा रहेको छ । गत २१फागुन ०८२मा भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर मुख्य निर्वाधनको अधिकृतको जिम्मेबारी समेत सम्हालेका न्यायाधिश भण्डारीले राज्यले दिएका जिम्मेबारी सुकलतापुर्वक निर्वाह गरेका छन ।
न्याय परिषदले कञ्चनपुर जिल्ला न्यायाधिश भण्डारीले चालु आर्थिक बर्षदेखि काठमाण्डौँ जिल्ला अदालतमा सरुवा गरेको छ । ९सय ८४ मुद्दा फट्यौट गरेर पर्सा जिल्ला अदालतका न्यायाधिश माधव प्रशाद घिमिरे दोस्रो भएका छन ।
नौसय ७९ मुद्दा फ्छयौट गरेर पाल्ला जिल्ला अदालतका न्यायाधिश हरि प्रशाद शर्मा तेस्रो भएका छन । धनुसाका न्यायाधिश कपिलमणी गौतम र गोरखाका न्यायाधिश विष्णूप्रशाद गौतमले ८सय ७९ मुद्दा छफ्यौट गरेका छन ।
ईलामा न्यायाधिश रोशन गजुरेलले ८सय २९, रौतहतका न्यायाधिश मनोज केसीले ८सय २७ मोरङका न्यायाधिश दुर्गा बहादुर भुसालले ८सय २१, धनुषाका न्यायाधिश मनोज कुमार श्रीवास्तवले ८सय १८, कैलालीका न्यायाधिश भुवन सिह थापाले ८सय १५, रौतहटका न्यायाधिश पुण्य प्रशाद सापकोटाले ८सय ६ र सर्लाहीका न्यायाधिश जिवन कुमार भण्डारीले ८सय २ मुद्दा फछ्यौट गरेका छन ।
यसैगरी देशभरका उच्च अदालत मध्ये टेक नारायण कुँवर मुख्य न्यायाधिश रहेको उच्च अदालत जनकपुर विशेष अदालतले एक हजार ४२१मुद्दा फछ्यौट गरेर पहिलो भएको छ ।
उच्च अदालत जनकपुर पाटनका न्यायाधिश टीकाराम आचार्यले एक हजार २२९, अस्थायी ईजलास बिरगन्ज बुटबल ईजलासका न्यायाधिश जगत बहादुर थापाले एक हजार १६९, उच्च अदातल पाटनतुलसीपुरका न्यायाधिश सोमकान्त मैनालीले एक हजार ५९,
उच्च अदालत जनकपुर राजबिराज ईजलासका नरिश्वर भण्डारीले १हजार २, उच्च अदालत जनकपुर अस्थायी ईजलास बिरगन्जका न्यायाधिश जगदिश घिमिरेले ९सय ८२, उच्च अदालत जनकपुर राजबिराज ईजलासका न्यायाधिश गोकर्ण डाँगीले ९सय ५३, उच्च अदालत जनकपुरका न्यायाधिश राजुराम सिलवालले ९सय ४० र उच्च अदालत जनकपुर पाटनका न्यायाधिश कैलाश प्रशाद सुुवेदीले ९सय ३३ मुद्दा फछ्यौट गरेका छन ।
गत २४ भदौँ ०८३मा जेनजी आन्दोलनबाट अदालतको कार्य सम्पादनमा असहजता भएपनि ईतिहासमै पहिलो पटक १८ उच्च अदालतले दुई बर्षको अवधि नाघेका सबै मुद्दा फछ्यौट गरेको छ ।
फरक मुद्दा व्यवस्थापन पद्धतिको कार्यान्वयनको दृष्ट्रिकोबाट विशेष गर्दा उच्च अदालत एव ईजलास मध्ये १४ र १८ महिना अवधि नाघेका सबै मुद्दा फछ्यौट भएका छन । ४ अदालत र एजलासमा १८ महिना नाघेका मुद्दा एकसय २४ मुद्दा मात्रै फछ्यौट हुन बाँकी रहेका हुन ।
४२ जिल्ला अदालतमा दुई बर्षको अवधि नाघेका सबै मुद्दा फछ्यौट भएका छन । भने, १८ महिनाको अवधि नाघेका मुद्दा सुन्य बनाउने जिल्ला अदालत २९रहेका छन । जिल्ला अदालतमा दुई बर्षको अवधि नाघेका सात हजार ६सय ९१ र १८ महिना अवधि नाघेका मुद्दा १५ हजार, ९सय ६८ रहेका छन । सर्वोच्च अदालतका सहरजिष्ट्रचार समेत रहेका प्रवक्ता अर्जुन प्रसाद कोईरालाले हस्ताक्षर गरेको प्रेस नोटमा सर्वोच्च अदालतकोे अनुसन्धान तथा योजना समिति र मुद्दा व्यवस्थापन समितिले बक्यौता मुद्दा न्यूनिकरणका लागि निरन्तर प्रधानन्यायाधिश मनोज कुमार शर्माको तोकेता सकृयताको प्रतिफल भएको जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.