दार्चुला । भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या भएको छ ।
प्रयागराजको मोहनजङ्ग गोवरी गाउँमा हिजो एकै परिवारका चार जनाको बन्चरो प्रहार गरी हत्या भएको बीबीसीले जनाएको छ । परिवारको हत्या अघि बालिकामाथि सामूहिक बलात्कार पनि भएको आफन्तजनले आरोप लगाएका छन् । उनीहरुले बालिकामाथि बलात्कार पछि परिवारका चार जनाको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
जग्गाको विषयमा गाउँकै केही व्यक्तिसँग विवाद हुँदा त्यतिबेला पनि दलित परिवारमाथि कुटपिट भएको थियो । कुटपिट र ज्यान मार्ने धम्कीको विषयमा पहिले नै प्रहरीमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएको र हिजो चार जनाको हत्या भएको आफन्तले बताएका छन् ।