‘निर्वाचित जनप्रतिनिधिलाई पदबाट हटाउँदा स्पष्ट पार्ने मौका दिनुपर्ने हो,’ उनले भने, ‘उचित सुनुवाइको अवसर नदिई पदबाट हटाउनु लोकतान्त्रिक मान्यताविरोधी हो ।’
विश्वासको मत प्रस्तावमाथिको छलफलका क्रममा देउवालाई पदमुक्त गरिएको प्रसंग उठाउँदै धामीले सभामुखप्रति व्यंग्य गर्दै ‘सभामुख महोदय भनौँ कि सांसद पदका यमराज ?’ भनेका थिए ।
धामीको उक्त अभिव्यक्तिप्रति सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीका सांसद ओमविक्रम भाटले आपत्ति जनाए । उनले उक्त शब्द संसदकाे अभिलेखबाट हटाउन माग गरेका थिए ।
