सुदूरपश्चिममा नेकपाबाट मन्त्री छान्न १२ सांसदको नाम केन्द्रमा पठाइयो, को–को छन् आकांक्षी ?

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मन्त्री छान्न १२ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ । प्रदेशमा मन्त्री छनोटमा सहमति जुट्न नसकेपछि १२ आकांक्षीको नाम केन्द्रमा पठाइएको हो । केन्द्रले तीमध्ये पाँच जनाको नाम छनोट गरेर प्रदेशमा पठाउनेछ । त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।

साबिक माओवादी केन्द्रबाट सात, नागरिक उन्मुक्ति पार्टीबाट तीन र नेकपा एकीकृत समाजवादीबाट दुई जनाको नाम केन्द्रमा पठाइएको छ । साबिक माओवादीबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेलको नाम छ । नागरिक उन्मुक्तिबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरी तथा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम सिफारिस गरिएको छ ।

मुख्यमन्त्री खगराज भट्टले एक–दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका छन् । सत्ता साझेदारबीचको सहमतिअनुसार नेकपाबाट भौतिक पूर्वाधार विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा एक–एक मन्त्री नियुक्त हुनेछन् । थप दुई राज्यमन्त्री बनाउने तयारी पनि छ ।

यसअघि एमालेका तर्फबाट चक्र मल्ल, सन्तोष शर्मा थापा र दमन भण्डारी मन्त्री तथा जानकी ऐर बम राज्यमन्त्री नियुक्त भइसकेका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.