बाढीपीडित घाइतेको उपचारमा सहयोग गर्न युवा संघद्वारा धनगढीमा रक्तदान

दार्चुला । राष्ट्रिय युवा संघ नेपाल दार्चुलाले ‘सक्नेले सहयोग गर्ने’ अभियानअन्तर्गत बाढीपीडित तथा विपद्मा घाइते भएकाहरूको उपचारमा रगतको अभाव हुन नदिन धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

रसुवालगायतका जिल्लामा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित र घाइतेहरूको उपचारमा आवश्यक रगतको कमी हुन नदिन रक्तदान अभियान सञ्चालन गरिएको राष्ट्रिय युवा संघ नेपाल दार्चुलाले जनाएको छ।

विपद्को समयमा मानवीय सहयोग आवश्यक पर्ने भएकाले युवाहरूलाई अभियानमा सहभागी गराउँदै रक्तदानमार्फत घाइतेको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

संघले ‘सक्नेले सहयोग गर्ने’ अभियानलाई निरन्तरता दिँदै विपद्मा परेका नागरिकको उद्धार, उपचार तथा राहतका लागि आवश्यक सहयोग जुटाउने जनाएको छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.