कञ्चनपुर ।
समाजिक क्षेत्रमा कार्यरत संजीवनी नेपालको साधारण सभा अधिवेशन तथा सुदूरपश्चिम पैरवी महिला सञ्जालको प्रथम सम्मेलन भेला सम्पन्न भएको छ ।
आईतबार महेन्द्रनगरमा संजीवनी नेपालको २२औँ साधारण सभा ७औँ अधिवेशन तथा सुदूरपश्चिम पैरवी महिला सञ्जालको प्रथम सम्मेलन भेला सम्पन्न भएको हो ।
संजीवनी नेपालद्वारा गठित सुदूरपश्चिम पैरवी महिला सञ्जालको समेत पहिलो महिला सम्मेलन एव भेला कार्यक्रम गरेको जनाएको छ ।
संजीवनी नेपालका कार्यकारी निर्देशक नितु भट्टले महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले संजीवनी नेपालद्वारा थुप्रै कार्यक्रम कामकाज गरिएको बताउँदै पैरवी सञ्जाल मार्फत समेत अधिकारका क्षेत्रमा थुप्रै कामकाज गर्दै आएको बताईन । संजीवनी नेपाल जोड्ने ग्रामिण भेगका महिलाहरुलाई आत्मनिर्भरका लागि सीप प्रदानदेखि उनीहरुलाई आफ्ना मौलिक हक अधिकारका लागि सक्षम बनाईने बताईन ।
कार्यक्रममा राजनैतिक दलदेखिका विभिन्न सरकारी क्षेत्रका अधिकारीहरुले संजीवनी नेपालले महिला हक अधिकारका लागि गरेको पैरवी कार्यक्रम प्रभावकारी भएको बताएका छन । रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले सजीवनी नेपालले गर्दै आएका महिला आत्मनिर्भका कार्यक्रम थप संचालनमा जोडदिए । नेपाली काँग्रेसका नेता उमेशराज जोशीले जस्तो नाम त्यस्तै काम भईरहेको बताए । एमाले उपाध्यक्ष जनकराज अवस्थीले महिलाको न्यायका लागि संञ्जिवनीले गरेको सरानिय भएको बताए ।
भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले महिलालाई हरेक क्षेत्रमा नेतृत्वमा पु¥याउने संजीवनीले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रसंसा गरेकी छिन । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले चुलो चौकोमा सीमित महिलालाई राज्यको मुल धारमा ल्याउन समेत संजिवनीको भूमिका रहेको बताए । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले राजनीतिदेखिका हरेक क्षेत्रमा महिलालाई नेतृत्वमा पु¥याउन सजीवनीले भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा समेत यस्तै काममा जोडदिईन । निर्वतमान समाजिक विकास राज्यमन्त्री समेत रहेकी भारतीले सजिवनी जस्ता संस्थाबाट महिलाको वास्तविक अधिकार सुनिश्चित भएको दावि गरेकी छिन ।
कार्यक्रममा विभिन्न उत्कृष्ठ महिला सञ्जाहरुलाई सम्मान एव पुरस्कृत गरिएको छ । सुदूरपश्चिम पैरवी महिला सञ्जालले महिला आत्मनिर्भरदेखिका भोटेकोशी त्रिशुली नदीमा आएको वाढीबाट पीडितको राहत उद्दारका लागि सहयोग आब्हान गरिएको छ ।
कार्यक्रममा सजीवनी नेपालका पदाधिकारी, सदस्य, कर्मचारी, जनप्रतिनिधीदेखि सरोकारवाला सहभागि भएका थिए ।
