जन्मदिनमा कलौनी दाजुभाईद्वारा बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ सहयोग

कञ्चनपुर ।
अमेरिकालाई कर्मथलो बनाउँदै आएका सागर कलौनी र उनका दाइ तथा सुदूरपश्चिम खबरका सम्पादक वीरेन्द्र कलौनीले वीरेन्द्रको जन्मदिनको अवसरमा रसुवाको भोटेकोसी बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।

 

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि दुई दाजुभाइले संयुक्त रूपमा ३६ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। उक्त रकममध्ये सागर कलौनीले अमेरिकाबाट ३१ हजार र वीरेन्द्र कलौनीले ५ हजार ५ सय न ५५ रुपैयाँ सहयोग गरेका छन्।

 

जन्मदिनमा हुने व्यक्तिगत खर्चलाई विपद्मा परेका नागरिकको सहयोगमा लगाउने उद्देश्यले दुई दाजुभाइले आफ्नो तर्फबाट रकम सहयोग गरेका हुन्। बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जन्मदिनलाई सामाजिक सेवासँग जोडिएको उनीहरूले बताएका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.