विशाल सामुदायिक वनको १९औँ बार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर । 

कञ्चनपुरको उत्तरी चुरेसंगै जोडिएको एक सामुदायिक वनको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका १ निगालीको विशाल सामुदायिक वन उपभोक्ता समुहको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

जिल्लाको उत्तरी चुरे भेगमा रहेको उक्त सामुदायिक वनले सरक्षणका थुप्रै काम गरेपछि वनको बृद्धि विकासदेखि बन्यजन्तुको आवागमन बढ्दै गएको जनाएको छ ।

कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका विशाल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शुचित्र शाहले सामुदायिक वनमा थुप्रै सरक्षणका कार्यक्रम संचालन गरिएको बताए ।अध्यक्ष शाहले सामुदायिक वन विकास सरक्षण, व्यवस्थापनका कार्यक्रम संचालन गरिनेछन । फायरलाईन, झाडी सफाई, वियजशाल प्लान्ट निर्माण, कर्मचारी बीमा, भुक्षय रोकथाम, खेलकुद, संस्कृति सरक्षण, बन्तुजन्तु हानीनोक्सानी कोष निर्माण गरिनेछ ।

यस्तै विपन्न वर्ग, महिला, दलित आदिवासी जनजाती उपभोक्ता लक्षित कार्यक्रम संचालन गरिनेछन । अध्यक्ष शाहले सामुदायिक वनको बृद्धि विकासका कार्यक्तम संचालन गर्दै वनमा आश्रित उपभोक्ताहरुको हकहितका लागि कार्यक्रम गरिनेछन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कृष्णपुर नगरपालिका १का वडाध्यक्ष मोहन बस्नेतले विशाल सामुदायिक वनले सरक्षणदेखि उपभोक्ताको हकहितका सरक्षण गरिरहेको थप गर्नुपर्नेमा जोडदिए ।

बिशिष्ठ अतिथि समेत रहेका सव डिभिजन वन कार्यालय वाणीका वन अधिकृत निरञ्जन कडेलले समेत कानून अनुरुप वनका कार्यक्रम संचालनमा जोडदिए । सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष नरेश राज भट्टले सामुदायिक वनले सरक्षणका साथसाथै उपभोक्ताको हितमा कामकाजमा जोडदिए । कार्यक्रममा वन क्षेत्रको बृद्धि विकासका लागि खटिनेमा जोडदिदै सम्मान गरिएको छ । आर्थिक बर्ष ०८३÷०८४का लागि एक करोड, २४लाख, ८१ हजार, ९८६रुपैया बराबरको बजेट प्रस्तुत गरिएको छ । कार्यक्रममा जनप्रतिनिधीदेखि सरक्षणकर्मी सरोकारवालाको सहभागिता रहेको थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.