निखिल भन्छन: नयाँ महाफन्टुस फिल्म बनाउँछु

दार्चुला – एक समय एक्सनमा राम्रो जमेका अभिनेता हुन्, निखिल उप्रेती। त्यसैले पनि उनलाई एक्सन किङको उपनामले सम्बोधन गर्ने गरिन्छ। केही समययता निखिल “आध्यात्मिक गुरु” को रुपमा पनि अगाडि आएका छन्। अभिनयमा एक्सन दृश्य गर्दा सातौं तलाबाट फाल हाल्नेदेखि बन्दुक चलाएर हत्या गर्नेसम्मका दृश्यमा रमाउने उनी अचेल जीवन र जगतबारे प्रहवसन दिन व्यस्त छन्।

केही अगाडिबाट समबोधी अभियान को समेत थालनी गरेका उनले अव फिल्म क्षेत्र छोडे भन्ने धेरै छन्। तर आफू अहिले फिल्म निर्माणको तयारीमा जुटेको उनले बताएका छन्। हालै एक टेलिभिजन शोमा अन्तर्वार्ताको क्रममा आफू नयाँ फिल्म निर्माणको तयारीमा रहेको उनले स्पष्ट पारेका हुन्। ‘म अव महाफन्टुस फिल्म बनाउँछु। त्यसका लागि तयारी समेत गर्दैछु’, उनले अगाडि भनेका छन् ‘कमर्शियल फिल्म बनाउन्न किनभने कमर्शियल भित्र शिक्षा हुँदैन।’ आफूलाई कलाप्रति क्रेजी भएका व्यक्तिहरु फिल्मका लागि चाहिएको समेत उनले बताएका छन्।

करिव २ सय हाराहारी फिल्म अभिनय गरेका निखिलले पछिल्लो समय अभिनय गरेको फिल्म ‘पिंजडा ब्याक अगेन’ हो। त्यसपछि उनी फिल्म ‘भैरव’ को सिक्वेल निर्माणको तयारी गर्दै थिए । कोरोनाको कारणले फिल्मको निर्माण अगाडि बढ्न सकेन।

Leave A Reply

Your email address will not be published.