इन्भटरमा चट्याङ लाग्दा देबथली लिप्ट खानेपानी अबरुद्ध 

दार्चुला । इन्भटरमा चट्याङ लाग्दा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ र ७ मा रहेको देबथली लिप्ट खानेपानी अबरुद्ध  भएको छ। सोमबार राती परेको चट्याङका कारण खानेपानी योजनाको  इन्भटरमा समस्या देखिएपछि लिप्ट सिस्टम बन्द भएको हो ।

खानेपानी अबरुद्ध भएछि यस क्षेत्रका करिब एक सय घर परिवार मर्कामा परेका छन । ४५ लाख उर्जा र ७४  लाख जिल्ला खानेपानी को लगानी मा २०७४ साल जेठ १५ गते काम सम्पन्न भएको  उक्त योजनाबाट शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का करिब एक सय घर परिवार लाभाम्वित भएका थिए ।

चट्याङ लाग्दा करिब ४ लाख बराबरको क्षती भएको  स्थानीय कृष्ण दत्त जोशीले जानकार दिनुभयो ।

Leave A Reply

Your email address will not be published.